दफा २६
दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही

(१) दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन ।

(१क) प्रचलित कानून बमोजिम गठन भएको स्वास्थ्य सम्बन्धी व्यवासयिक परिषद्मा नाम दर्ता भएका व्यक्तिले औषाधि ऐन, २०३५ को अधीनमा रही चिकित्सा व्यवसाय गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमेजिमको चिकित्सा व्यवसाय गर्न पाउनेछ ।

(२) ………..

(३) कसैले यो दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(४) कसैले यस ऐन बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सान वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र निजको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।